पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १७ : १०
पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार

file-photo

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । मंगलबार नर्भिक इन्टरनेशनल अस्पतालले विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सुधार भइरहेको जानकारी दिएको हो ।

खनाल कोरोना संक्रमण भई गत शनिबार अस्पतालमा भर्ना भएका थिए । नेता खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नर्भिकमै उपचाररत पूर्वरानी कोमल शाहको पनि स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई ११ दिनअघि अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उनको हाल आइसियूमै राखेर उपचार भइरहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ । सोही अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।


 

प्रतिक्रिया दिनुहोस