धनगढीमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, ०९ : ३३
धनगढीमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । धनगढीमा कोरोना संक्रमित ४ जनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक–एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जानकारी दिए । वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताए ।

कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस