काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले विश्वासको मत लिनु राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर भएको बताएका छन् ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने भएपछि विद्यमान राजनीतिक विकृति र अस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको छ,’ थापाले भनेका छन्, ‘नयाँ चुनाव नै त्यो अवसर हो जनतामा गएर प्रजातन्त्रको रक्षा गर्ने वा भ्रष्ट कम्युनिष्ट घटकसँग मिलेर क्षणिक सत्तास्वार्थमा रमाउने । कांग्रेस र जसपा अग्निपरीक्षामा छन् ।’प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा सदनबाट विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० बैशाख २०७८, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा