कोरोना संक्रमित दुईजना पुरुषको मकवानपुरमा उपचारको क्रममा मृत्यु

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, ०९ : १४
कोरोना संक्रमित दुईजना पुरुषको मकवानपुरमा उपचारको क्रममा मृत्यु

हटौंडा । मकवानपुरमा कोरोना संक्रमित दुईजना पुरुषको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत दुईजनाको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । 

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ निवासी ५५ बर्षीय पुरुष र बारा जिल्लाको अमलेखगञ्ज निवासी ४६ बर्षका पुरुष रहेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि कोभिड–१९ उपचार कक्षको भेन्टिलेटरमा उपचाररत हेटौंडाका ५५ वर्षीय पुरुषको राति ९ः३० बजे र बाराका ४६ बर्षका पुरुषको राति करिब १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक दुवै जनाको स्वास्थ्यमा स्वास प्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस