मुख्यमन्त्री शंकर पोखरेलको स्ष्पटिकरण : ‘संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर, प्रचण्ड र उपेन्द्रले थाहा नपाएजस्तो गर्नु आश्चर्य’

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, ०९ : ०८
मुख्यमन्त्री शंकर पोखरेलको स्ष्पटिकरण : ‘संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर, प्रचण्ड र उपेन्द्रले थाहा नपाएजस्तो गर्नु आश्चर्य’

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सूर्य चिन्हबाट चुनाव लडेकाहरूको समर्थन अन्य दललाई हुनै नसक्ने भन्दै प्रष्टोक्ति दिएका छन् ।  पोखरेलले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुमा सो प्रष्टिकरण दिएका हुन् ।

उनले सामाजिक संजाल फेसबुकबाट प्रस्टिकरण दिँदै भनेका छन्, लुम्बिनीमा नेकपा (एमाले) प्रदेश सभा दल बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दावी गरिएको हो। दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो। नियुक्ति पनि त्यसै आधारमा भएको हो। नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ ।’ 

अगाडी भनेका छन् ‘चर्चामा ल्याइएका अन्य सांसदहरु समेत दलको बैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमती जनाउनु भएको हो । सूर्य चिह्नवाट चुनाव लडेका उहाँहरुको समर्थन कानूनी रुपमा समेत अन्य दललाई हुन सक्दैन ।’ सांसद विमला खत्री अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य भएको उनले भनाई छ ।

‘विमला कुमारी खत्री फाल्गुन २३ को फैसला पछि एमालेको प्रदेशसभा दलमा सहभागी हुदै आउनु भएको हो । उक्त विवरण त्यतिबेला नै प्रदेशसभामा दर्ता भइसकेको छ । अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य हो,’ पोखरेलको भनाइ छ । उनले  यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवहरूले थाहा नपाएजस्तो गर्नु आश्चर्यको कुरा भएको समेत उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस