जनकपुरधाम ।महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा हुने भएको छ । जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्र (डीसीसीएमसी) महोत्तरीले वैशाख २२ गतेबाट जिल्लाभर गर्ने निर्णय गरेको हो।
डीसीसीएमसीको आज बसेको बैठकले महोत्तरीमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको निष्कर्ष निकाल्दै वैशाख २२ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म ९ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यस्तै महोत्तरीका सबै स्थानीय सरकारलाई कम्तिमा २०–२० वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न डीसीसीएमसीको बैठकले अनुरोध गरेको छ । साथै थप सिलिण्डर प्रदेश सरकारबाट माग गर्ने निर्णय पनि भएको छ ।
यस्तै कालोबजारी हुन नदिन अनुगमन गर्ने र कोलोबजारी गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने निर्णय पनि डीसीसीएमसीले गरेको छ । यता, महोत्तरीसंगै जोडिएको धनुषामा भने वैशाख २१ गते बिहान ६ बजेदेखि नै महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा हुने निर्णय भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ बैशाख २०७८, १८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो