पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १७ : ३२
पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र धर्मपत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालको सचिवालयका अनुसार उनीहरुको आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

दुबै जना अहिले निवासमा आइसोलेसनमा रहेको सचिवालयको भनाइ छ । पर्यटनमन्त्री रामनवमीका दिन माडीमा हजारौं मानिसको सहभागितामा आयोजित राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी थिए ।मन्त्री ढकालले पनि संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस