पछिल्लो २४ घण्टामा ६ सय २३ बालबालिकामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १७ : ११
पछिल्लो २४ घण्टामा ६ सय २३ बालबालिकामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ९ वर्ष मुनिका १६६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४५७ बालबालिका गरी ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार मा‍त्रै देशभर थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  भने २७ जनाको मृत्‍यु भएको छ ।

प्रतिक्रिया दिनुहोस