कोरोना नियन्त्रणमा लाग्न पार्टी पंक्तिलाई एमाले आकस्मिक स्थायी कमिटी बैठकको निर्देशन

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १४ : ०१
कोरोना नियन्त्रणमा लाग्न पार्टी पंक्तिलाई एमाले आकस्मिक स्थायी कमिटी बैठकको निर्देशन

काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक सकिएको छ। बैठकमा कोडिभबारे छलफल भएको र यसको रोकथाम र नियन्त्रणमा लाग्न पार्टी पंक्तिलाई निर्देशन भएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

‘कोभिडबारे छलफल भयो,’उनले भने, ‘यसविरुद्ध लाग्न आफ्नो कार्यकर्तालाई आह्वान गर्‍यौं ।’नेम्वाङले लुम्बिनी प्रदेशको पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री एमव अध्यक्ष केपी शर्मा ओलीले ‘ब्रिफिङ’ गरेको जानकारी दिए । उलने भने, ‘अनि अध्यक्ष एवम् प्रधानमन्त्रीले लुम्बिनी लगायतका बारेमा जानकारी गराउनुभयो ।’

बैठक सकिनासाथ प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । नेम्वाङले यो सामान्य भएको बताए।‘प्रधानमन्त्री र राष्ट्रपतिको त बेला बेला भेटघाट भइरहन्छ,’उनले भने, ‘यो सामान्य हो । उहाँहरूले भेट्नु भएन भने चाहिँ असामान्य भएछ भन्ने बुझ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस