काठमाडौं । नेकपा एमाले नेता झलनाथ खनाललाई श्वासप्रश्वासमा समस्या देखिएको छ । नेकपा एमालेका एक नेताका अनुुसार यसअघि नै खनाललाई अस्पताल भर्ना गरिएको छ ।
उनलाई कोरोनाभाइरस संक्रमणसँग सम्बन्धित लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो । स्रोतका अनुसार उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
खनाललाई मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको जनाइएको छ । अस्पताल स्रोतका अनुसार खनालको अवस्था गम्भीर रहेको हुँदा नर्भिक अस्पताल पठाउन तयारी भइरहेको छ।
यस्तै एमाले नेता एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ। उनको पनि मनमोहनमै उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ बैशाख २०७८, १७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा