काठमाडौं । नेकपा एमाले नेता झलनाथ खनाललाई श्वासप्रश्वासमा समस्या देखिएको छ । नेकपा एमालेका एक नेताका अनुुसार यसअघि नै खनाललाई अस्पताल भर्ना गरिएको छ ।
उनलाई कोरोनाभाइरस संक्रमणसँग सम्बन्धित लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो । स्रोतका अनुसार उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
खनाललाई मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको जनाइएको छ । अस्पताल स्रोतका अनुसार खनालको अवस्था गम्भीर रहेको हुँदा नर्भिक अस्पताल पठाउन तयारी भइरहेको छ।
यस्तै एमाले नेता एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ। उनको पनि मनमोहनमै उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ बैशाख २०७८, १७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी