पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १८ बैशाख २०७८, १६ : ४६
पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४ सय ९५ जना संक्रमित थपिएका छन्। काठमाडौँमा १ हजार ९ सय ३२, ललितपुरमा ३ सय ५५ र भक्तपुरमा २ सय ८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै गत २४ घण्टामा १ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन्।

यसैगरी देशभर पछिल्लो २४ घन्टामा १४ हजार ४ सय ३ पीसीआर तथा ५ सय ६६ एन्टिजेन परीक्षण भएको छ।