कोरोना संक्रमितको अस्पतालमा राखेर उपचार गर्न नसकिने सरकारको निर्णयप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण

सफल खबर संवाददाता

शनिबार, १८ बैशाख २०७८, १६ : ४१
कोरोना संक्रमितको अस्पतालमा राखेर उपचार गर्न नसकिने सरकारको निर्णयप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण

काठमाडौं । सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको बताएपछि नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

‘नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा कोभिडको महामारीमा नेपाल सरकार, स्वास्थ्य मंत्रालय आप्mनो दायित्वबाट पन्छिन नमिल्ने नेपाल चिकित्सक संघको ठहर छ’, संघका अध्यक्ष लोचन कार्की र महासचिव बद्री रिजालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महामारीको संक्रमण बढदै गईरहेको शुरुकै अवस्थामा श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारी संग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड बिरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढनु आजको आवश्यकता हो ।’ 

संघले संक्रमितहरुको उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयम् नै संक्रमित हुँदै गईरहेको भन्दै उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्य सम्म उपचार दिन सक्ने वातावरण तथा जनशक्तिको उचित ब्यवस्थापन गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । 

संघले यस महामारीको रोकथाम तथा उपचारका लागि विगतमा भैmं आवश्यक सहयोग र सहकार्य गर्न आफूहरु तयार रहेको पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस