काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । नेकपाका पूर्व वरिष्ठ पोलिट्ब्यूरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो ।
विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताए । शनिबार एक विज्ञप्ति जारी गरेर नयाँ पार्टीको घोषणा गरिएको छ । नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । “आन्दोलनले नेतृत्वलाई उचाइमा पु¥याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं ।
तीनै नेतृत्वले आपूmलाई देवत्वकरण गरी क्रान्तिलाई विशर्जन गर्ने प्रबृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तब्यसम्म पुग्न नसक्नु विडम्वना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ । तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ” जारी विज्ञप्तिमा भनिएको छ ।
मञ्चको आगामि कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ बैशाख २०७८, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?