एजेन्सी । कोरोना संक्रमणमा दिनप्रति दिन रेकर्ड बनाएको भारतमा पछिल्लो २४ घंटामा पहिलो पटक ४ लाख बढीमा संक्रमण देखिएको छ । भारतमा एकहप्ता यता संक्रमितको संख्या ३ लाख बढी देखिएपनि ४ लाखको आँकडा पार गरेको पहिलो पटक हो ।
पछिल्लो २४ घण्टामा ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ ।
भारतमा हालसम्म१ करोड ५६ लाख ७३ हजार ३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ छ । यस्तै त्यहाँ एकैदिन ३५ सय २२ संक्रमितको मृत्यु भएको छ ।
दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतकको संख्या २ लाख ११ हजार ८३५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ बैशाख २०७८, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु