एजेन्सी । कोरोना संक्रमणमा दिनप्रति दिन रेकर्ड बनाएको भारतमा पछिल्लो २४ घंटामा पहिलो पटक ४ लाख बढीमा संक्रमण देखिएको छ । भारतमा एकहप्ता यता संक्रमितको संख्या ३ लाख बढी देखिएपनि ४ लाखको आँकडा पार गरेको पहिलो पटक हो ।
पछिल्लो २४ घण्टामा ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ ।
भारतमा हालसम्म१ करोड ५६ लाख ७३ हजार ३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ छ । यस्तै त्यहाँ एकैदिन ३५ सय २२ संक्रमितको मृत्यु भएको छ ।
दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतकको संख्या २ लाख ११ हजार ८३५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ बैशाख २०७८, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा