गायक प्रकाश सपूत लाई कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १५ : ५८
गायक प्रकाश सपूत लाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । गायक प्रकाश सपूत लाई कोरोना संक्रमित भएका छन् । काठमाडौं मेडिकल कलेज केएमसीमा गरिएको पिसिआर परिक्षणमा उनको रिपोट पोजेटिभ आएको हो । 

सपुतले आफु कोरोना संक्रमित भएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।अन्ततः काठमाडौं मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ’ प्रकाशले सामाजिक संजालमा लेखेका छन् ‘सर्वप्रथम त यो विचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनु भएका सबै जनाले पिसिआर टेस्ट गर्नुहोला ।’

एकदमै धेरै शरिर दुख्ने÷गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरिघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि आफुले पिसिआर टेस्ट गराएको जानकारी दिएका सपुत अहिले होम आईशुलेशनमा छन् ।

आफ्नो अवस्था सामान्य रहेको बताएका सपुतले अगाडि लेखेका छन् ‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल राखौ । तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ’

प्रतिक्रिया दिनुहोस