काठमाडौँ । आगामी जुलाई महिना अगाडी भारतले नेपालसहित छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंका लगायतलाई खोप उपलब्ध गराउने सम्भावना कम रहेको भारतीय अधिकारीहरुले बताएका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या केही साता यता ह्वात्तै बढेको छ भने मे १ देखि भारतले १८ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान शुरु गर्ने तयारी गदैछ ।
सेरम इन्स्टिच्यूटले उत्पादन गरेको खोप आन्तरिक रुपमा प्रयोग गर्ने नीति भारतले लिएपछि अहिले निर्यात रोकिएको छ । भारतको यो नीतिले पहिला नै भुक्तानी गरिसकेका नेपाल लगायतका अन्य छिमेकी मुलुकहरु प्रभावित भएका छन्। तर, भारतले तत्कालै निर्यात सुचारू नगर्ने जानकारी दिएको छ ।
भारतीय अंग्रेजी पत्रिका दि हिन्दुले भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीलाई उद्धृत गदै छिमेका खोप निर्यात सुचारु गर्न अझै २ महिना लाग्ने उल्लेख गरेको छ । ती अधिकारीले भारतले अब खोपको उत्पादन बढाउने आन्तरिक मागसँगै छिमेकमा पनि निर्यात गर्ने बताएका छन् ।
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङगलाले पनि तत्कालै खोप अन्य मुलुकमा निर्यात नगर्ने संकेत गरेका छन् । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गदै भारतिय विदेश श्रीङ्गलाले भ्याक्सीन सप्लाई गर्ने सम्बन्धमा केही पनि बताएनन्।
उनले अहिले भारतको आफनै आवश्यकता धेरै भएको र आफ्ना साझेदार मुलुकहरुले यो सन्दर्भलाई बुझ्नु पर्ने बताए । उनले खोपको उत्पादनलाई निकै बढाउनुपर्ने समेत बताए ।
भारत सरकारको यो नीतिले खासै छिमेकी मुलुकहरुसँगको सम्बन्धमा असर त गर्ने होइन भनी सोधिएको प्रश्नमा उनले भने, ‘हाम्रो आफ्नो माग एकदमै धेरै छ ।त्यसैले हामीले अहिले जति उत्पादन गर्छौ, त्यो हाम्रो आन्तरिक खोप कार्यक्रमको लागि आवश्यक छ ।’अहिले विशेषत नेपाल र बंगलादेशले पहिला नै भुक्तानी भइसकेको खोप उपलब्ध गराउन भारत सरकारसँग ताकेता गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ बैशाख २०७८, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप