रूपन्देही । काठमाडौदेखि सुर्खेत जाँदै गरेको यात्रुबाहक बस रूपन्देहीको देबदहमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । ना ७ ख ६०४९ नम्बरको बस देबदह गणेशपुरमा गएराती दुर्घटनामा परेको वडा प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
उच्च गतिमा रहेको बसले ट्रकलाई ओभरटेक गरी आफ्नो लेनमा फर्किदै गर्दा अनियन्त्रित भइ सडकदेखि ५ मिटर साइडमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सबै घाइते सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ बैशाख २०७८, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु