एकै दिन ३५ को मृत्यु, मृत्यु हुनेमा रोगै नभएका र बालबालिका समेत

पत्रपत्रिकाबाट

शुक्रबार, १७ बैशाख २०७८, ०७ : १०
एकै दिन ३५ को मृत्यु, मृत्यु हुनेमा रोगै नभएका र बालबालिका समेत

काठमाडौं । कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ ।

दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८.३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ ।

एक जनाबाट संक्रमण धेरै जनामा सरिरहेको समेत पाइएको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस