दीपक मनाङे खेलकुद मन्त्री बन्दै

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १६ : २८
दीपक मनाङे  खेलकुद मन्त्री  बन्दै

पोखरा ।  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव विचाराधीन रहेका बेला गण्डकी प्रदेश सरकार विस्तार हुने भएको छ ।

मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्री मनाङेलाई बिहीवारै प्रदेश नीति तथा योजना आयोगको सभाहलमा शपथ गराइने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।