काठमाडौँ । कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा जारी भएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलले अत्यावश्यकबाहेकका सबै सेवा स्थगन गरेको छ ।
खानेपानी उत्पादन, वितरण, ट्याङ्कर एवं ढल सञ्चालन, चुहावट मर्मतबाहेक अन्य सेवा स्थगन गरिएको केयुकेएलले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस बढेको भन्दै अत्यावश्यकबाहेकका अन्य सार्वजनिक सेवा तत्काललाई स्थगन गर्न आदेश दिएको थियो । जिल्ला प्रशासनको आदेश जारी रहेको अवधिसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन रहने केयुकेएलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १६ बैशाख २०७८, १४ : २६
लेखकबाट थप