चितवन । कोरोना भाइरसको सङ्क्रमण उच्च हुँदै गएपछि भरतपुर अस्पतालमा शुक्रबारदेखि बहिरङ्गसहितका सेवा बन्द हुने भएको छ ।
अस्पतालले एक सूचना जारी गर्दै वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि बहिरङ्ग सेवा, इलेक्टिभ सर्जरी र इएचएस सर्जरी सेवा बन्द गर्ने जनाएको हो ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीको संयोजकत्वमा बसेको बैठकले अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा यथावत राख्ने र ज्वरो आएका बिरामीका लागि अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ । पछिल्लो समय दिन प्रतिदिन कोरोना सङ्क्रमितको बिरामी बढ्दै गइरहेकाले बहिरङ्ग सेवा बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ बैशाख २०७८, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए
भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब पाउन बाँकी
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’