पोखरा । मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा दुई सांसद अनुपस्थित भएपछि विपक्षी दलमा हल्लीखल्ली मच्चिएको छ । विपक्षीतर्फका दुई सांसदहरु अनुपस्थित देखेपछि पृथ्वीसुब्बा गुरुङ को सरकार जोगिने संकेत देखिएको छ ।
प्रदेशसभाको बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित थिए । त्यसैगरी अर्का सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) पनि बैठकमा देखा परेनन् ।
बैठकमा जनमोर्चाका सांसद शाही नआएपछि कांग्रेस नेताहरुले राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा फोन गरेर चासो राखेका थिए ।
गण्डकी प्रदेशसभामा सभामुखसहित कुल ६० सांसद छन् । यीमध्ये कांग्रेसका १५ माओवादीका ११ र जसपाका २ समेत गरी २८ जनाले दर्ता गरेको अविश्वासको प्रस्ताव माथि केहीबेरमा मतदान हुँदैछ । अविश्वासको प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ ।
यसैबीच गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै उक्त पार्टीकी सचेतक पियारी थापाले सभामुखलाई निवेदन दिएकी छन् । शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन भन्दै थापाले सभामुख नेत्रनाथ अधिकारीलाई निवेदन दिएकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ बैशाख २०७८, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती