पोखरा । मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा दुई सांसद अनुपस्थित भएपछि विपक्षी दलमा हल्लीखल्ली मच्चिएको छ । विपक्षीतर्फका दुई सांसदहरु अनुपस्थित देखेपछि पृथ्वीसुब्बा गुरुङ को सरकार जोगिने संकेत देखिएको छ ।
प्रदेशसभाको बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित थिए । त्यसैगरी अर्का सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) पनि बैठकमा देखा परेनन् ।
बैठकमा जनमोर्चाका सांसद शाही नआएपछि कांग्रेस नेताहरुले राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा फोन गरेर चासो राखेका थिए ।
गण्डकी प्रदेशसभामा सभामुखसहित कुल ६० सांसद छन् । यीमध्ये कांग्रेसका १५ माओवादीका ११ र जसपाका २ समेत गरी २८ जनाले दर्ता गरेको अविश्वासको प्रस्ताव माथि केहीबेरमा मतदान हुँदैछ । अविश्वासको प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ ।
यसैबीच गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै उक्त पार्टीकी सचेतक पियारी थापाले सभामुखलाई निवेदन दिएकी छन् । शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन भन्दै थापाले सभामुख नेत्रनाथ अधिकारीलाई निवेदन दिएकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ बैशाख २०७८, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता