खाद्यान्न जोहो गर्दै हिमाली वस्ती

रासस

बुधबार, १५ बैशाख २०७८, १३ : २८
खाद्यान्न जोहो गर्दै हिमाली वस्ती

फुङ्लिङ। ताप्लेजुङको हिमाली वस्तीका समूदाय अहिले बर्षायामका लागि खाद्यान्न जोहो गर्नेतिर लागेका छन् ।वर्खायाम शुरुभएसँगै बाढी पहिरो, खोला नाला साथै झरी वर्षा हुने भएकाले ताप्लेजुङको हिमाली वस्तीका समूदायका नागरिकले प्रत्येक वर्ष वैशाख महिनादेखि मङ्सिरसम्म पुग्ने खाद्यान्न जोहो गर्ने गरेको फक्ताङलुङ गाउँपालिका–७ घुन्साका स्थानीयबासी केल्शाङ शेर्पाले बताए। वर्खायाममा बाढी पहिरो साथै खोला नालाले बोटो बन्द गर्ने भएकाले आठ महिनासम्म पुग्ने प्रत्येक परिवारले खाद्यान्न भण्डारण गर्नुपरेको शेर्पाले बताए । 

विगतका वर्षमा टिप्ताला नाका हुँदै चीनदेखि खाद्यान्न ल्याउँने गरेको शेर्पाले बताए । यो वर्ष कोरोनाको कारणले नाका बन्द भएपछि महँगो ढुवाँनी गरेर ताप्लेजुङको सदरमुकाम फुङलिङबाट लानुपरेको शेर्पाले बताए । 

उनी भन्छन्, “नाका बन्द छ । त्यसैले सदरमुकामबाट सामान घन्सा पु¥याउँदा सामान किनेको भन्दा बढी ढुवाँनीमा खर्च गर्नु बाध्य भएको छौँ ।” स्थानीय सरकार आएपछि गाउँ–गाउँमा सडक पुगेको छ । तर फक्ताङलुङ गाउँपालिका–६ घुन्सा, फले, ग्याप्ला, खम्बाजेन अम्जीलेसा र फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला र याङमाजस्त हिमाली तथा पर्यटकीय वस्तीमा यातायातको साधन पुग्न सकेको छैन ।

यी क्षेत्रका समूदायका नागरिकले यातायातको साधनको रुपमा खच्चड्, चौंरी र याक नै अहिलेसम्म भरपर्दो यातायातको रुपमा प्रयोग हुँदै आएको छ । एउँटा याकले १०० केजीसम्म सामान ढुवाँनी गर्न सक्दछ भने खच्चड्ले ७० केजीसम्म सजिलै ढुवाँनी गर्दछ । विगतमा सदरमुकामदेखि ढुवाँनी गर्नु पर्दथ्यो भने अहिले सदरमुकाम फुङ्लिङदेखि २४ किलोमिटरसम्म गाडीले पुयाउँदछ । 

प्रतिक्रिया दिनुहोस