बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति

एजेन्सी

बुधबार, १५ बैशाख २०७८, १२ : २७
बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति

बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन । 

उनले बुधबार भनेका छन् , बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ ।  रहमानले भने– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ । 

आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्को डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ ।(रासस÷सिन्ह्वा)
 

प्रतिक्रिया दिनुहोस