कोरोना खोप लगाइसकेका ३१ जनामा पुनः संक्रमण

पत्रपत्रिकाबाट

बुधबार, १५ बैशाख २०७८, ०८ : ४५
कोरोना खोप लगाइसकेका ३१ जनामा पुनः संक्रमण

भक्तपुर । भक्तपुरमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

जिल्लामा एक सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो, यी ३१ जनाले कोरोनारिुद्धको भ्याक्सिन लगाइसकेका व्यक्तिहरु रहेका जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए । कोभिड–१९ पोजेटिभ हुनेहरुमा खोप लगाएको साताभित्रका व्यक्तिहरु रहेको उनले बताए । भक्तपुरमा पहिलो पटक यस्तो रिपोर्ट आएको उनले बताए ।

भक्तपुरमा मंगलबारसम्म सात सय ७५ जना कोरोनाका सक्रिय संक्रमित रहेको उनले बताए । रोनाबाट भक्तपुरमा एक सय २९ जनाको मृत्यु भइसेकेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस