निषेधाज्ञामा विवाहका सवारीलाई पास नचाहिने

पत्रपत्रिकाबाट

बुधबार, १५ बैशाख २०७८, ०८ : १३
निषेधाज्ञामा विवाहका सवारीलाई पास नचाहिने

काठमाडौं । निषेधाज्ञाको समयमा विवाहका लागि प्रयोग गरिने सवारी साधनका लागि पास नचाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेशमा विवाहका पास नचाहिने उल्लेख गरेको हो।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप आदेशमा सवारीमा दुलहा(दुलहीसहित १५ जनासम्म जन्ती जान पास नचाहिने भएको छ। जारी सूचनामा भनिएको छ,‘विवाह तथा व्रतबन्ध आयोजनाको लागि १५ जनासम्मका सहभागी ९दुलाहा दुलहीसहितका०हरुले ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यलयबाट जारी अनुमति पास लिनुपर्ने।

विवाहरव्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भएमा चालक सहित बढीमा सातजना सम्मको लागि स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासको लागि निवेदन पेश गर्नुपर्ने। मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात ९निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस०सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नुपर्ने।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस