केसी परिवारलाई महामन्त्री कोइरालाबाट समवेदना

रासस

मंगलबार, १४ बैशाख २०७८, २० : ४४
केसी परिवारलाई महामन्त्री कोइरालाबाट समवेदना

काठमाडौं । प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका क्रियाशील सदस्य हर्कबहादुर केसीको निधन भएको १२ औँ दिनको पुण्यतिथिमा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आज केसी निवासमा पुगी परिवारजनलाई समवेदना व्यक्त गर्नुभएको छ ।

कांग्रेस वडा कार्यसमिति पोखरा महानगरपालिका–२८ द्वारा केसी निवास देउमाडीमा आयोजित कार्यक्रममा कोइरालाले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवाजनमा समवेदना व्यक्त गर्नुभयो ।

स्व हर्कबहादुर नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीका बुबासमेत हुनुहुन्छ । महामन्त्री कोइरालाले जन्म र मृत्यु स्वभाविक प्रक्रिया भएको बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका नेता शुक्रराज शर्मा, यज्ञबहादुर थापा, आइबहादुर गुरुङ, राजु थापा, परिवारको तर्फबाट बाबुराम केसी, एकाइ सभापति विकास गुरुङ, उपसभापति शिवबहादुर अधिकारी, सचिव राजेश अधिकारीले केसीले प्रजातान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदान बारे चर्चा गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस