कैलाली । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।जिल्लाको साफेँ मार्तडी सडक खण्ड अन्तरगत बाजुराको बुढिगंगा नगरपालिका १ मा से २ च ३१७९ नम्मरको ट्याक्टर दुर्घटना हुँदा अछामको मेल्ललेख गाउँपालिका वडा नम्बर १ का किनज बुढाको मृत्यु भएको हो ।
ट्याक्टरमा रहेका बाजुराको त्रिवेणी नगरपालिका १ छताराका कृष्ण बुढा घाइते भएका छन । उनको छाती र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजित महराले जानकारी दिए ।पहिरोमा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु