एजेन्सी । कोरोनाको हटस्पट बनेको भारतमा २४ घंटामा साढे ३ लाख भन्दा धेरै संक्रमित थपिएका छन् । केही दिन यता भारतमा लगातार ३ लाख बढी संक्रमित भई दिन प्रति दिन नयाँ रेकर्ड कायम हुन थालेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख ५२ हजार ९९१ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण २८ सय १२ जनाको ज्यान गएको छ ।
भारतमा कुल संक्रमितको संख्या एक करोड ७३ लाख १३ हजार १६३ पुगेको छ । यस्तै अहिलेसम्म मर्नेको संख्या एक लाख ९५ हजार १२३ पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । हाल भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १३ हजार ६५८ पुगेको छ ।
अहिलेसम्म १४ करोड १९ लाख ११ हजार भन्दा धेरैलाई कोरोना भाइरसविरुद्धको कम्तीमा एक मात्रा खोप लगाइएको छ । कारोना संक्रमण तिब्रबनेसंगै भारतका विभिन्न अस्पतालहरुमा आइसियू तथा भेन्टिलेटरको अभावसँगै अत्यावश्यक अक्सिजनको पनि अभाव भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १३ बैशाख २०७८, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’