काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालले सरकारले विसंगति र विकृतिलाईमात्र प्रश्रय दिने काम गरेको आरोप लगाएका छन् । मनमोहन अधिकारीको २२ औं स्मृति दिवसको अवसरमा एक सन्देश जारी गर्दे उनले सो कुरा उल्लेख गरेका छन् ।
विज्ञप्तीमा वर्तमान सरकारबाट किसान र गरिब परिवारले राहतको महसुस नगरेको आरोप लगाउदैं उनले अहिले नेपाली जनताले ठूलो मौका दिएको कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरुलाई प्रश्रय दिने काम भएको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको उल्लेख गरेका छन् ।
नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री, नेकपा एमालेका संस्थापक अध्यक्ष अधिकारीको स्मृति दिवसको अवसरमा उनले मुलुक र कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै नेपालले श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।
’सबैले सधैं सम्झिने २०५१ सालको ९ महिने सरकारको नेतृत्व गर्दा उहाँको नेतृत्वमा हामीले अवलम्वन गरेका नीतिको दीर्घकालीन परिणामले जनतामा कमरेड मनमोहन एवम् नेकपा (एमाले) प्रतिको श्रद्धा कहिल्यै नमेटिने गरी बसेको छ,’ नेपालले भनेका छन्, ’उहाँ शालिन र बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो। जीवनभर ‘सादा जीवन र उच्च विचार’ अंगीकार गर्नुभएका कमरेड मनमोहनले आफ्नो जीवन राष्ट्रलाई सुम्पनुभयो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल