जनकपुरधाम । डाक्टरको लापरबाहीले दुर्घटनामा घाइते युवकको मृत्यु भएको भन्दै जनकपुरको जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा आफन्तले तोडफोड गरेका छन् ।
मोटरसाइकल दुर्घटनामा घाइते भइ अस्पतालमा भर्ना भएका मिथिला नगरपालिका ८ कुशुम विसौनाका २८ वर्षीय सुनिल शर्माको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले तोडफोड गरेका हुन् ।
चिकित्सकले घाइतेको अवस्था गम्भीर भएकाले उपचारका तत्कालै हेलिकप्टर बोलाएर काठमाडौं लैजान आफ्न्तलाई सुझाएका थिए । चिकित्सकको सुझावपछि घाइतेका काका जयप्रकाश ठाकुरले हेलिकप्टर अर्डर गरे । हेलिकप्टर जनकपुर पुग्न लागेपछि घाइतेको मृत्यु भएको भनियो । केही समयपछि चिकित्सकले विरामी ज्यूदै भएको भन्दै फेरि हेलिकप्टर बोलाउन आग्रह गरे ।
दोस्रोपटक बोलाएको हेलिकप्टर जनकपुर पुग्न ढिला भएपछि घाइतेको मृत्यु भएको चिकित्सकले बताएको उनको भनाई छ । डाक्टरलाई कारबाही भएपछि मात्रै भजितको शव बुझ्ने उनले बताए । तोडफोडबाट अस्पतालको झ्यालका सिसाहरु फुटेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ बैशाख २०७८, १७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम शोषण भएको भन्दै आवासीय डाक्टरहरूको प्रदर्शन जारी
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ