काठमाडौं । नेकपा एमालेका माधव नेपाल समुहको २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया खारेजीको माग गर्दै सर्वोच्चमा दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।
न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा उक्त रिटउपर आइतबार सुनुवाइ तोकिएको हो । आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट १४ बुँदे मागसहितको संयुक्त रिट दायर गरिएको थियो ।
रिट निवेदकले आफूहरूमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिशोधको भएकोले आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनिएको छ । ती नेताहरूले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ बैशाख २०७८, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै दायर रिटको पेसी आज
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
ओलीको रिटमा सोमबार सुनुवाइ हुने
रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने
रवि लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने