कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्दीकीको निधन

सफल खबर संवाददाता

शनिबार, ११ बैशाख २०७८, २१ : ०९
कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्दीकीको निधन

 काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज-३ की ६५ वर्षीया मोहम्मद सिद्धिकीको शनिबार उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

उनलाई २८ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी संविधानसभा सदस्य सदस्य समेत हुन् । बाँकेको नेपालगन्ज मेडिकल कलेजको कोरोना विशेष  अस्पतालमा उपचारको क्रममा उनको मृत्यु  भएको जिल्ला  प्रहरी  कार्यालय  बाँकेका प्रहरी निरीक्षक ईश्वरी गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस