काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा व्यवसायीको जायज माग र सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्न प्रयास गर्ने बताउनुभएको छ ।
आर्थिक वर्ष २०७८÷७८ को बजेटबारे युवा उद्यमीसँग सुझाव लिन आज आयोजित छलफलमा उहाँले युवा उद्यमीका सम्भव र जायज मागलाई सम्बोधन गर्न आफूले प्रयास गर्ने बताउनुभयो । उहाँले बजेट निर्माणमा भएकाले कुन सम्भव र कुन जायज हुन् भन्नेबारे आफूले सार्वजनिक गर्न नमिल्ने भन्दै उहाँले युवा उद्यमीको पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्रीले औसतरूपमा अगाडि बढेर मात्रै नहुनेमा आफू स्पष्ट रहेको भन्दै कोरोनाले पारेको प्रभाव र त्यसबाट पाएको शिक्षाका आधारमा नयाँ ढङ्गले नै बजेट निर्माण गर्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो ।
अर्थतन्त्रको पुनःउत्थान गर्न केही नीतिगत सुधार जरुरी रहेको उहाँको भनाइ छ । युवा उद्यमीले स्टार्टअप नीति, विद्युत्को डिमाण्ड शुल्क तथा भन्सारमा न्यून विजकीकरणलगायत विषयमा अर्थमन्त्रीलाई सुझाव दिएका थिए । उनीहरूले युवा उद्यमीलाई प्रोत्साहन गर्ने बजेट जरुरी रहेको भन्दै सरकारले आफूहरूको सुझावलाई आत्मसात गर्ने विश्वास व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ११ बैशाख २०७८, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘संविधान संशोधन अल्पमत र बहुमत नभई आम सहमतिको विषय हो’: विष्णुप्रसाद पौडेल
०८४ सम्म सबै भूमिहीनले पूर्जा पाउँछन्, निर्वाचनको वाचा पूरा हुन्छ: उपप्रधानमन्त्री पौडेल
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह