चितवन प्रहरीको अभियान : तपाईँको मास्क खोइ ?

सफल खबर संवाददाता

शनिबार, ११ बैशाख २०७८, १७ : ३८
चितवन प्रहरीको अभियान : तपाईँको मास्क खोइ ?

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले कोरोना भाइरसको संक्रमण कम गर्न तपार्इँको मास्क खोइ अभियान चलाएको छ ।  सडकमा प्ले कार्डसहित सवारी रोकेर प्रहरीले तपाइँको मास्क खोइ भन्दै सर्वसाधारणलाई प्रश्न गर्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका आधा दर्जन बढी प्रहरी कर्मचारीले मुख्य राजमार्गमा बसेर तपाइँको माक्स खोइ लेखिएको प्ले काड देखाउँदै मास्क लगाउन आग्रह गरेका हुन् । कोरोनाको दोस्रो लहर चलिरहेका बेला नागरिकमा यसको जोखिम कम गर्न भन्दै प्रहरीले यो अभियान थालेको हो । यात्रु तया सवारी चालकलाई सिस्टाचारसहित नम्र भाषामा उनीहरुले सडकमा रोकेर माक्स प्रयोग गर्न सुझाएका थिए । 

प्रतिक्रिया दिनुहोस