लहान । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका– २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ । स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द , लाले , धीरेन्द्र , लछुराम र रामलोचन साह लगायतको आठ घर जलेर खरानी भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी आन्नपात, गरगहना, लत्ताकपडा, नगद, राईस मिललगायतका सम्पूर्ण सरसमान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको लक्ष्मीपुर गाउँपालिका– २ का वडाध्यक्ष धर्मेन्द्र राय दनुवारले जानकारी दिए ।
लहान नगरपालिकाबाट गएको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् । यसैबीच आगलागीपीडित परिवारलाई गाउँपालिकाबाट तत्काल राहतस्वरुप प्रतिपरिवार २५ केजी चामल, दुई केजी दाल, दुई किलो नून, एक लिटर खाने तेल, आधाकिलो स्वायविन, दुई वटा साबुन, रु एक हजार नगद र एक थान त्रिपाल वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ११ बैशाख २०७८, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि