काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको भारतमा संक्रमित र मृतकको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा शनिबार पनि संक्रमितको संख्या ३ लाखभन्दा बढी नाघेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको छ। २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै सर्वाधिक हो। यसअघि (शुक्रबार) वैशाख १० मा भारतमा दोस्रो धेरै ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ। भारतमा हालसम्म १ करोड ३८ लाख ६२ हजार ११९ जना संक्रमणमुक्त भएका छन्। अझै पनि सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ छ। यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ६२१ जनाको मृत्यु भएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। एक सातका लागि लक डाउन गरिएको दिल्लीमा पछिल्लो २४ घण्टामा थप २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ११ बैशाख २०७८, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर