कोरोना महामारी तिव्र रुपमा फैलिन थालेपछि भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीबीच छलफल

एजेन्सी

शुक्रबार, १० बैशाख २०७८, २१ : ०६
कोरोना महामारी तिव्र रुपमा फैलिन थालेपछि भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीबीच छलफल

काठमाडौँ । कोरोनाभाइरसको महामारी दिनप्रति दिन तिव्र रुपमा फैलिन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्नु भएको छ ।

पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उहाँले छलफल गर्नु भएको जनाइएको छ । छलफलका क्रममा प्रधानमन्त्री मोदीले सवै प्रदेशका मुख्यमन्त्रीहरुलाई कोरोनाभाइरस विरुद्ध मिलेर लड्नु पर्नेमा जोड दिनुभएको थियो । 

संयुक्त रुपमा लड्नका लागि उहाँले केही प्रस्तावहरु समेत राख्नु भएको र छलफल भएको अधिकारीहरुले बताएका छन् ।  आफ्नै अध्यक्षतामा भएको बैठकमा प्रधानमन्त्री मोदीले भन्नुभयो, “कोरोनाभाइरसका विरुद्धमा एक्ला एक्लै लडेर सकिदैन, त्यसका लागि सवै पक्षका बीचमा सहकार्य र सहयोग आदान प्रदान जरुरी छ, त्यसैले मैले सवैलाई सँगसगै काम गर्नका लागि आह्वान गर्दछु ।” 

उहाँले यसअघि आएको पहिलो चरणको महामारी पनि राम्रो सहकार्य र व्यवस्थापनका कारण जित्न सकिएको चर्चा समेत बैठकमा गर्नु भएको थियो । यस पटक पनि त्यही अनुसार प्रतिवाद सक्नु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।  

 सवै प्रदेशका स्वास्थ्य मन्त्रीहरुलाई पनि एक अर्कामा नजिक रहेर काम गर्न र एक अर्काका राम्रा अनुभवलाई उपयोग गर्न पनि सुझाव दिनुभयो । 

प्रतिक्रिया दिनुहोस