नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार–६ मा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । लु १ ज ३७१० नम्बरको जिप शुक्रबार बुलिङटारबाट दलदले आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीका अनुसार मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–४ का २३ वर्षीय अजय विक हुन् । गम्भीर घाइतेलाई उपचारका लागि दलदलेतर्फ पठाइएको र सामान्य घाइतेलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप सडकबाट करिव ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० बैशाख २०७८, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
बागलुङमा जिप दुर्घटना, सात जना घाइते
डोटीमा जिप दुर्घटना, ४ जना घाइते
बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु, ६ जना घाइते
ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु