एमाले ओली पक्षको निष्कर्ष : माधव पक्षका नेताहरुको स्पष्टीकरण नरम

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १४ : २१
एमाले ओली पक्षको निष्कर्ष : माधव पक्षका नेताहरुको स्पष्टीकरण नरम

काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली पक्षले माधव नेपाल पक्षका नेताहरुको स्पष्टीकरण नरम भएको निष्कर्ष निकालेको छ । ओली पक्षले माधव पक्षका केही सांसद पार्टीको मूलधारमा फर्कने निष्कर्ष समेत निकालेको छ । 

नेकपा एमाले ओली पक्षले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए। प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्टले स्पष्टीकरण बुझाएका छैनन् । 

बालुवाटारको बैठकमा केपी ओलीले स्पष्टीकरण सोधिएका सांसदमध्ये गणेश पहाडी र हिरा केसीले मूलधारमा लाग्ने प्रतिवद्धता जनाइसकेको बताए। जयकुमार राई, सोम पाण्डे र कल्याणी खड्काले सुझावसहित स्पष्टीकरण दिएको रिपोर्टिङ बैठकमा ओलीले गरेका थिए ।  बैठकमा ओलीले सच्चिएर आउनेलाई स्पेस दिने तर निहुँ खोजेर उदण्डता देखाउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस