काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली पक्षले माधव नेपाल पक्षका नेताहरुको स्पष्टीकरण नरम भएको निष्कर्ष निकालेको छ । ओली पक्षले माधव पक्षका केही सांसद पार्टीको मूलधारमा फर्कने निष्कर्ष समेत निकालेको छ ।
नेकपा एमाले ओली पक्षले माधवकुमार नेपालसहित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए। प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्टले स्पष्टीकरण बुझाएका छैनन् ।
बालुवाटारको बैठकमा केपी ओलीले स्पष्टीकरण सोधिएका सांसदमध्ये गणेश पहाडी र हिरा केसीले मूलधारमा लाग्ने प्रतिवद्धता जनाइसकेको बताए। जयकुमार राई, सोम पाण्डे र कल्याणी खड्काले सुझावसहित स्पष्टीकरण दिएको रिपोर्टिङ बैठकमा ओलीले गरेका थिए । बैठकमा ओलीले सच्चिएर आउनेलाई स्पेस दिने तर निहुँ खोजेर उदण्डता देखाउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० बैशाख २०७८, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)