बालुवाटारमा एमाले बैठक जारी, नेताको कार्यविभाजन र स्थायी कमिटी चयन गर्ने विषयमा छलफल

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १२ : ४३
बालुवाटारमा एमाले बैठक जारी, नेताको कार्यविभाजन र स्थायी कमिटी चयन गर्ने विषयमा छलफल

काठमाडौं । नेकपा एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । यसलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक भनिएको छ । यतिबेला नेताहरुले आफ्नो भनाइ राखिरहेका छन् । 

वैशाख ६ देखि शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रस्तावमाथि छलफल हुने बताइएको छ । बैठकमा विष्णु पौडेल संयोजक रहेको शंकर पोखरेल र टोपवहादुर रायमाझी सम्मिलित कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव समेत पेस गर्ने बताइएको छ ।

बैठकले स्थायी कमिटी सदस्यहरू चयन गर्ने समेत बताइएको छ ।

त्यस्तै वैशाख ६ गतेको बैठकले कर्णाली प्रदेशका फ्लोर क्रस गर्ने ५ सांसदसहित माधव नेपाल पक्षका २७ जनामाथि कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सोधिएको स्पष्टिकरणको जवाफ बिहीबार सबैले दिएका छन् ।

आजको बैठकमा यसबारेमा पनि थप छलफल हुँदैछ । 

प्रतिक्रिया दिनुहोस