दलको सकारात्मक भूमिकाको खाँचो– सभामुख

रासस

विहीबार, ०९ बैशाख २०७८, २० : ५८
दलको सकारात्मक भूमिकाको खाँचो– सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

\सभामुख सापकोटाले आज नेपाल पत्रकार महासङ्घ शाखा सिन्धुपाल्चोकको निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा मा स्वतन्त्रता नैसर्गिक अधिकार भएको चर्चा गर्दै प्रेस स्वतन्त्रता भन्नु नै लोकतन्त्र हो भन्नुभयो । 

एकअर्को प्रसङ्गमा, गएको बर्खामा बाह्रबीसे, नाकबुचे र लिदीमा गएको पहिरोबाट विस्थापित भई पीडित परिवारको संरक्षण गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै उहाँले प्राकृतिक मात्र नभई मानव निर्मित यस प्रकारको विपत्ति सामना गर्न योजनाबद्धरुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष जीवन श्रेष्ठले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस