असारसम्म तीन लाख नेपालीमा कोभिड १९ को संक्रमण

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १७ : ५५
असारसम्म तीन लाख नेपालीमा कोभिड १९ को  संक्रमण

काठमाडौं । आगामी असार महिनासम्ममा तीन लाख नेपालीमा कोभिड १९ को संक्रमण हुनसक्ने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।  

मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको जनाएको छ । नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अवको तीन महिनामा संक्रमण दर उच्च हुने मन्त्रालयले जनाएको छ । 

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस