कोरोना अपडेट : थपिए २ हजार ३ सय ६५ जना संक्रमित, ५ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १७ : ०६
कोरोना अपडेट : थपिए २ हजार ३ सय ६५ जना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार २ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ । हाल देशभर १२ हजार ६ सय ९० सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय १७ पुगेको छ।