कोरोना जोखिम बढेपछि कैलालीमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १६ : १५
कोरोना जोखिम बढेपछि कैलालीमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

कैलाली । कोरोना संक्रमण बढ्न थालेपछि कैलालीमा प्रहरीले मास्क नलगाएका व्यक्तिलाई कारवाही गर्न थालेको छ ।  संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनमा प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिँडेका व्यक्तिलाई कारवाही गर्न थालेको हो ।

बुधबार मात्र ४३ जना त्यस्ता व्यक्ति कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता एवम् प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए ।

पछिल्लो समय मास्क नलगाई हिँड्ने प्रवृत्ति बढेको र संक्रमण दर बढ्न नदिन यस्तो कारवाही गर्नु परेको स्थानीय प्रशासनको भनाइ छ ।

मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना गर्न थालिएको प्रहरी निरीक्षक थापाले बताए । उनका अनुसार बिहीबार पनि प्रहरीले ठाउँठाउँमा अनुगमनसहित कारवाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस