धरहरा हेर्दाहेर्दै होला त आइसब्रेक !

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १६ : ११
धरहरा हेर्दाहेर्दै होला त आइसब्रेक !

काठमाडौँ । नेकपा एमाले पार्टीभित्र देखिएका विवादहरु समाधान गर्न अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि वार्ता भइरहेको छ । उनीहरुको आजको भेटवार्ता दोस्रो हो । 

लामो समयको संवादहीनता तोड्दै बुधवार भेटघाट भएकै स्थान होटल मेरियटमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बिहीवार पनि भेटवार्ता भएको हो । उनीहरुले भेटवार्ताको क्रममा होटलबाटै भर्खर उठेको धरहरा नियालेको तस्बिर यतिबेला भाइरल भइरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त तस्बिर ट्विट गरेका हुन् । 

दिउँसो करीब सवा २ बजे होटल प्रवेश गरेका दुई नेताले झ्यालबाट नवनिर्मित धरहराको दृश्यावलोकन गर्न भ्याए । उठ्दै गरेको धरहरा हेर्दै गर्दा यही भेटले नै आइसब्रेक गर्ला, सबैलाई कौतुहलता बनाएको छ । 

बुधवारको छलफललाई ‘आइसब्रेक’को संज्ञा दिएका एमालेका दोस्रो तहका नेताहरू बिहीवारको छलफलले कुनै निकास दिने विश्वासमा छन् ।ओलीसँग भेट्नुअघि नेता नेपालले आफूपक्षीय नेताहरूसँग छलफल गरेका थिए । त्यसक्रममा नेता नेपालले पार्टी एकताअघिकै स्थितिमा फर्कनुपर्ने आफ्नो बटमलाइन ओलीसमक्ष राख्ने बताएका थिए ।


 

प्रतिक्रिया दिनुहोस