बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

रासस

विहीबार, ०९ बैशाख २०७८, १५ : ५४
बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

राँझा । बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक बिरामीको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१७ बाँके निवासी ८६ वर्षीय सङ्क्रमितको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार यही वैशाख ७ गते गरिएको पिसिआर परीक्षणमा उनमा  कोरोना पुष्टि भएको थियो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ । जिल्लामा आजमात्रै २०४ नयाँ सङ्क्रमित थपिएका छन् ।

भेरी अस्पतालमा लिइएको ३५० नमूना स्वाबको परीक्षणमा २०४ मा कोरोना पुष्टि भएको उनले बताए । दैनिकरूपमा सङ्क्रमित र बिरामीको चाप बढेपछि बाँकेका अस्पताललमा गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस