चार महिनामा ओली प्रचण्डबीच तीन पटक फोन वार्ता, केके भयो कुराकानी ?

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १४ : २६
चार महिनामा ओली प्रचण्डबीच तीन पटक फोन वार्ता, केके भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो चार महिनाको अवधिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तीन पटक फोन वार्ता गरेको खुलासा भएको छ । 

पछिल्लो पटक माधव नेपालसँगको वार्ता लगत्तै ओलीले प्रचण्डलाई  फोन गरेका थिए । बुधबार साँझ दुई घन्टा माधव नेपालसँगको वार्ता सकेपछि ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरेका थिए।ओलीले प्रचण्डसँग सामान्य छलफल गरेका थिए वार्ता फेरि पनि बस्ने विषयमा प्रचण्डलाई जानकारी गराएको स्रोतको भनाइ छ । 

नेकपा विघटनपछि प्रचण्डलाई ओलीको यो तेस्रो फोन हो । पुस ५ यता ओलीले पहिलो पटक प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि मेडिकेयर अस्पतलामा भर्ना गरेका बेला फोन गरेका थिए । प्रचण्डलाई टेलिफोन गरी ओलीले सीता दाहालको स्वाथ्य लाभको कामना गरेका थिए ।
स्वास्थ्य अवस्था बुझ्न उनले नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेललाई अस्पतालमै पठाएका थिए । अदालतले नेकपाको एकता खारेज गर्दै एकीकरणका लागि नयाँ नाम लिएर आउन भनेपछि पनि प्रचण्डलाई फोन गरेका हुन् । 

यस्तै, केही दिनअघि बसेको सर्वदलीय बैठकमा ओलीले प्रचण्डलाई फोन गरी निम्ता दिएका थिए । सो बैठकमा माओवादी केन्द्रले भाग लिएन । 

प्रतिक्रिया दिनुहोस