एजेन्सी । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणले निरन्तरता नै पाईरहेको छ । संक्रमणको कडी तोड्न राज्य देखि केन्द्रिय सरकारले विभिन्न प्रयास जारी राखेपनि संक्रमणको ग्राफ उकालो नै लागिरहेको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ९५ हजार ४१ जनामा कोरोना संक्रमण भएको छ । भने सोही अवधीमा २ हजार २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८२ हजार ५ सय ५३ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ५६ लाख १६ हजार १सय ३० पुगेको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ बैशाख २०७८, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण