काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशको आर्थिक विकास र समृद्धिका लागि र समाजवाद उन्मुख संविधानको रक्षा, परिमार्जन र कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यवद्धता अहिलेको ऐतिहासिक आवश्यकता रहेको बताएका छन् ।
लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृति देखापर्न थालेको बताएका छन कम्युनिष्ट पार्टीमा हुने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको बताउदैं उनले ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेको उल्लेख गरेका छन् ।
नेपाली कम्युनिष्ट आन्दोलन विसं. २००६ सालदेखि वर्ग–संघर्ष र वैचारिक संघर्षको आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दे उनले नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामवद्ध गराउन सक्षम साबित भएको बताएका छन् ।
उनले तत्कालिन सोभियत संघलाई एकतावद्ध गर्न लेनिनले खेलेको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न पनि उल्लेख गरेका छन् । उनले पार्टी स्थापना दिवस र लेनिन जयन्तीको यो ऐतिहासिक अवसरमा सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकतावद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामवद्ध हुन अपिल समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ बैशाख २०७८, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड